| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका गठबन्धन दलबिच आजै सहमतीको संभावना, ७ बजे गार्डेनमा बैठक बस्दै

गोरखामा गठबन्धन दलहरु बिच आज राती अबेर सम्म सहमती हुने संभावना देखिएको छ । गठबन्धन दल कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बेलुकी सात बजे होटल गार्डेनमा बैठक हुने गठबन्धनका दलका एक सदस्यले बताए ।
‘आज सात बजे बोलाइएको बैठक निर्णायक बैठक हो’ ति नेताले भने ‘बैठकले वडादेखि पालिका सम्मको टुङ्गो लगाउनेछ ।’

बैठकमा गठबन्धनका दलहरु बिच सहमती जुट्न नसकेको खण्डमा जुन दल बिच सहमती हुन्छ ति मात्रै एकै ठाउँमा रहने संभावना पनि रहेको नेताहरुले बताएका छन् ।

जनता समाजवादी पार्टीलाई गठबन्धनका दल कांग्रेस माओवादीले एउटा पालिका दिन तयार छन् भने जसपाले दुईवटा माग गरेको छ । यो विषयमा सहमती हुन नसकेको खण्डमा जसपा बाहेकका दलहरु बिच चुनावी तालमेल हुने देखिन्छ । जसपा बाहेक तालमेल हुँदा कांग्रेस सात र माओवादी केन्द्रले चारवटा पालिका लिएर चुनावमा जाने चर्चा रहेको छ ।

वडा तह पनि यस अघि गठबन्धन भित्रका दलले जुन वडा जितेको छ त्यो वडा सोही पार्टीले लिने र एमालेले जितेको वडा बाँडफाँड गरेर जाने गरी टुङ्ग्याउने तयारी गठबन्धनको छ ।

जनता समावजादी पार्टी सहितको सहमती नभएको खण्डमा उसले जितेको वडा पनि बाँडफाँड गरिने र मतान्तरलाई हेरेर वडा भागवण्डाको तयारी कांग्रेस, माओवादी र नेकपा एसले गरेका छन् । नेकपा एसलाई वडा अध्यक्ष सहित सदस्यमा भागवण्डा गरेर मिलाउने रणनीतिमा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु छन्

प्रतिक्रिया दिनुहोस्