| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गठबन्धन दलको बैठक बस्न सकेन

गोरखामा सत्ता गठबन्धनका दलहरु बिच स्थानीय चुनावमा तालमेल गर्ने विषयमा बस्ने भनिएको बैठक बिहिवार बस्न सकेन । कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीबिच बैठक हुन नसक्दा गठबन्धन भित्रै अलमल सिर्जना भएको हो ।

नेताहरुले आन्तरिक ब्यस्तता देखाउँदै गठबन्धनको बैठकलाई प्राथमिकता नदिँदा चारवटै दल बिच सहमती हुने संभावना घट्दो छ । शुक्रवार बैठक बस्ने भनिएपनि कुन खाकामा सहमती हुने भन्नेमा दलहरु अलमलमा छन् ।

गठबन्धन दलहरुबिच छलफल हुन बाँकी रहेको र शुक्रवार टुङ्ग्याउने गरी छलफल हुने गठबन्ध संयन्त्रका संयोजक नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकालले बुधवारदेखि बस्ने भनिएको गठबन्धन बैठक बिहिवार सम्म संयोजकले नडाकेको बताए । ‘गठबन्धनका सबै दलबिच सहकार्य गर्ने पक्षमा हामी अहिले पनि छौँ’ उनले भने ‘हामी आफ्नो ढंगले प्रतिषपर्धा गर्न परेपनि तयारीमा छौँ ।’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेतले गठबन्धनको बैठक नै बस्न नसकेकाले कुन पालिका कसले लिने भन्नेमा यकिन नभएको बताए । सबै दल बिच सहमती हुनेमा आफु विस्वस्त रहेको उनले बताए ।

गठबन्धन भित्र रहेका दलहरु वान टु वान पनि छलफल गरिरहेका छन् । यसले गठबन्धन भित्रका सबै दल बाहेक पनि तालमेल हुने संभावना देखिएको छ । गठबन्धन भित्र रहेका दलहरु केन्द्रको निर्देशन बिपरित गठबन्धन बाहिर रहेका दल सँगको तालमेल गर्ने विषयमा पनि छलफल गरिरहेका छन् । गठबन्धन भित्र सबै एकै ठाउँमा हुने संभावना नरहेको खण्डमा एक्लाएक्लै लड्ने मनस्थितीमा पनि दलहरु छन् ।

प्रतिक्रिया दिनुहोस्