| सोमवार, कार्तिक २३, २०८३

गोरखामा पत्रकारिकता तालिम सुरु

गोरखामा पाँच दिने पत्रकारिकता तालिम सुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोग, पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र जिल्ला शाखाको समन्वयमा बुधवारदेखि तालिम सुरु भएको छ ।

तालिममा जिल्लाका क्रियाशील र प्रशिक्षार्थी पत्रकारहरुको उपस्थिति रहेको छ । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति पत्रकार महासंघ गण्डकी प्रदेश सचिव एवं गोरखाका लागि उक्त तालिमका संयोजक कैलाशबाबु श्रेष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

पहिलो दिन नागरिक दैनिक गण्डकी प्रदेश ब्यूरो प्रमुख सन्तोष पोखरेलले आधारभूत पत्रकारिता र यसको अभ्यासका बारेमा प्रशिक्षण दिएका दिए ।

प्रतिक्रिया दिनुहोस्