
एमाले गोरखाले प्रमुख, उपप्रमुखका आकांक्षीको नाम प्रदेश समितिमा पठायो
नेकपा एमाले गोरखाले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम संकलन गरेको छ । मंगलबारसम्म १० वटा पालिका कमिटीबाट अध्यक्ष र उपाध्यक्षको आकांक्षीको नाम संकलन गरेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिकाको मेयर पदका लागि पाँच जना आकांक्षीहरु रहेका छन् । सम्झना देवकोटा, रामशरण बस्न्यात, दिनेश तमु, बाबुराम थापा र सुजन बानियाँको नाम नगर कमिटीबाट सिफारिस भई आएको रोकाले जनाए । त्यस्तै उपमेयरका लागि छ जना आकांक्षीहरु रहेका छन् । उपमेयरका आकांक्षीहरु भाइचन्द्र श्रेष्ठ, काजीराम रोका, देवीबहादुर बस्नेत, सीताराम खत्री, रामबाबु बोगटी र रामबहादुर खड्का रहेको उनले बताए ।
त्यस्तै पालुंटार नगर कमिटीबाट मेयरका तीन र उपमेयरका तीन जनाको नाम सिफारिस भइआएको सचिव रोकाले बताए । मेयर पदका लागि हरि भट्ट, हरि काफ्ले र सन्तोष देवकोटाको नाम सिफारिस भई आएको छ । त्यस्तै उपमेयरका लागि वसन्तकुमार श्रेष्ठ, पार्वती पाठक र ओमबहादुर बराकोटीको नाम आएको उनले बताए ।
त्यस्तै सिरानचोक गाउँ कमिटीबाट प्रमुख पदका लागि छ जना र उपप्रमुखका लागि एकजनाको नाम सिफारिस भई आएको छ । प्रमुख पदका लागि देवराज श्रेष्ठ, कमल दानी, बिराज गुरुङ, ज्ञानराज गुरुङ, राजेश ढकाल र उत्तम गुरुङको नाम प्राप्त भएको छ । उपप्रमुखका लागि कुमारी धितालको मात्र नाम प्राप्त भएको रोकाले बताए ।
त्यस्तै अजीरकोटबाट शेखरनाथ न्यौपाने एकजनाको नाम मात्र प्रमुख पदका लागि सिफारिस भई आएको छ । उपप्रमुखका लागि भने गीता पोखरेल र सर्मिला तामाङको नाम प्राप्त भएको छ । त्यस्तै बारपाक सुलीकोट गाउँ कमिटीबाट सो पालिकाको प्रमुखका लागि दलबहादुर भट्ट, खेमराज घले, खिलप्रसाद पनेरु, हरिबहादुर बस्नेतको नाम प्राप्त भएको छ भने उपप्रमुखका लागि कृष्णकुमारी गुरुङको नाम आएको छ ।
त्यस्तै धार्चे गाउँ कमिटीबाट सुक घले र सन्तबहादुर गुरुङको नाम प्रमुख पदका लागि सिफारिस भई आएको छ । उपप्रमुखका लागि आशा गुरुङ, सुस्मिता घले, सविता गुरुङ र सुनकुमारी घलेको नाम प्राप्त भएको सचिव रोकाले बताए ।
त्यस्तै चुमनुब्री गाउँपालिकाबाट अध्यक्षका लागि एक र उपाध्यक्षका लागि एक जनाको नाम सिफारिस भई आएको छ । अध्यक्ष पदका लागि सुकबहादुर गुरुङ र उपाध्यक्ष पदका लागि सानु गुरुङको नाम प्राप्त भएको उनले बताए ।
त्यस्तै आरुघाट गाउँ पार्टी कमिटीबाट प्रमुख पदका लागि सातजना आकांक्षीको नाम प्राप्त भएको छ । सो पालिकाको प्रमुखका लागि टिकानारायण श्रेष्ठ, मेनबहादुर अधिकारी, कृष्ण नेपाली, कृष्ण काप्री, राजन गुरुङ, भीम धमला र बकबहादुर लामाको नाम प्राप्त भएको छ । उपप्रमुखका लागि सोविता बराम, सीता दाहाल, कल्पना खड्का र प्रमिला खड्काको नाम प्राप्त भएको सचिव रोकाले बताए ।
भीमसेनथापा गाउँ कमिटीबाट प्रमुख पदका लागि सबैभन्दा धेरै नौ जनाको नाम सिफारिस भई आएको जिल्ला पार्टीले जनाएको छ । सुवास अधिकारी, सुरेशबाबु श्रेष्ठ, सुजन सिँखडा, प्रेमकुमार पुडासैनी, ध्रुव ढकाल, हरि सिँखडा, सुनील लामिछाने, शैलेश लामिछाने र नवराज पोखरेलको नाम सिफारिस भै आएको हो । उपाध्यक्षका लागि गोमा अम्गाई र तारादेवी भट्टको नाम प्राप्त भएको सचिव रोकाले जानकारी दिए ।
सहिदलखन गाउँ कमिटीबाट पनि प्रमुखमा छ र उपप्रमुखमा एकजनाको नाम सिफारिस भई आएको छ । मनोज जोशी, सुरेन्द्र थापा, विशाल थापा, काजीराम श्रेष्ठ, लुना थापा र रमेश मल्लको नाम अध्यक्ष पदका लागि प्राप्त भएको हो । उपप्रमुखमा भने सरिता ढकालको नाम मात्र प्राप्त भएको छ । गण्डकी गाउँ कमिटीबाट अध्यक्ष पदका लागि लीलाबहादुर पाण्डे, विष्णु पन्त, सुधीर कार्की र गोपाल पाण्डेको नाम प्राप्त भएको छ । उपप्रमुखका लागि रेनुका नहर्कीको नाम सिफारिस भई आएको जिल्ला सचिव रोकाले जानकारी दिए ।
चुमनुब्री गाउँ कमिटीबाट नाम नआइसकेको र प्राप्त भएजति नाम प्रदेश कमिटीमा पठाइने उनले बताए ।




