| मङ्लबार, कार्तिक २४, २०८३

चुनावी सभालाई संवोधन गर्न जसपाका केन्द्रिय नेताहरु गोरखा आउँदै

जनता समाजवादी पार्टीका केन्द्रिय नेताहरु बैशाख ६ गते गोरखा आउने भएका छन् ।

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई सहितका नेताहरु गोरखा आउने जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादब, बरिष्ठ नेता अशोक राई लगायतले सभालाई संवोधन गर्ने बताइएको छ ।

सभामा पाँच हजार भन्दाबढि मानिसको उपस्थिती रहने जिल्ला सचिव ढकालले बताए । एक सय ५७ वटा बस कार्यकार्ता सदरमुकाम ल्याउनमा जसपाले परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्