
गोनपा वडा नं १२ को वडा कार्यालय भवन उद्घाटन
गोरखा नगरपालिका वडा नं १२ वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले शुक्रबार वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।
नयाँ भवन बनेसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह धेरे सहज हुने वडा अध्यक्ष दिल बहादुर थापाले बताए ।
जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ६० लाख र गोरखा नगरपालिकाको लागत साझेदारी गरी करिब एक करोडको लागतमा भवन निर्माण भएको उनले जानकारी दिए ।

भवन निर्माणको क्रममा सहयोग पु¥याउने निर्माण समितिका पदाधिकारी सहित जेष्ठ नागरिक स्थानीयहरुलाई मेयर पन्तले दोसल्ला ओढार सम्मान गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा नं ४ का वडा अध्यक्ष खोप बहादुर अधिकारी, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान प्रसाद ढकाल, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल, विनिता कुमाल लगायतले मन्तव्य राखेका थिए ।





