| मङ्लबार, कार्तिक २४, २०८३

भच्चेकमा ४४ जनाको आँखाको शल्यक्रिया, शिविर बिहिवार पनि चल्ने

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेकमा निशुल्क आँखा शिविर संचालन भएको छ । मंगलवारदेखि सुरु भएको शिविरमा ४४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

अजिरकोट गाँउपालिका वडा नम्बर ३ र भच्चेक तमु सेवा समाजको मुख्य आयोजना नेपाल आँखा अस्पताल काठमाण्डौँको सहयोग, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राबिधिक सहयोग, मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सको प्रायोजनमा शिविर भएको हो ।
शिविर बिहिवार चैत्र २४ गते सम्म चल्ने द मनोज एसोसिएसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर कमल बहादुर खड्काको समुहले आँखाको शल्यक्रिया सम्पन्न गरेको हो ।

शिविरमा अजिरकोट ४ महावीरका ८९ बर्षका बृद्धा आसुर गुरुङले पनि सफल सल्यक्रिया भएको थियो । शिविर राती अवेर सम्म पनि चलेको थियो

। शिविरमा एक सय ९८ जनाले आँखा जाँच गरेका थिए । शिविरमा गण्डकी गाउँपालिकाको भुम्लिचोकदेखि लमजुङको दुधपोखरी लगायत ठाउँबाटपनि सर्वसाधारण सहभागी भएका थिए ।

शिविर संचालन हुनु अघि संस्थाले अजिरकोट आँखा उपचार केन्द्रबाट कर्मचारी पठाई आँखाको समस्या पहिचान गरेको थियो । शिविरमा आँखा सम्बन्धी सम्पूर्ण जाँचका साथै भिजन सेन्टरबाट चस्मा पनि उपलब्ध गराइएको थियो । गाउँमै आँखाको शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्