| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा सदरमुकाममा एक महिलाको शव भेटियो

गोरखा सरदमुकाममा एक जना महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका वडा नं ९ भिआईपी टोलमा ३५ वर्षीय फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

नरेश श्रेष्ठको कोही नबस्ने घर अगाडिको बारीमा बुधबार विहान मृत अवस्थामा लाश फेला परेको एसपी केदार खनालले बताए ।

स्थायी घर लक्ष्मी बजार भएको र माइती आएको बेलामा सो घटना भएको खनालले बताए ।

राती दुईतीन बजे तिर उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ ।

मृतक लाश पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्