| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा सत्ता गठबन्धनका दलहरु बिचको बैठक सकियो (यस्ता छन् निर्णय)

सत्ता गठबन्धन दल बीच चुनावी तालमेलको प्राविधिक बिषयमा छलफल गर्न गोरखास्थित जिल्ला संयन्त्र बैठक सम्पन्न भएको छ । संयन्त्र प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले तीन वुँदे निर्णय गरेको हो ।
गठबन्धनको बारेमा केन्द्रिय समितिबाट जिल्ला र पालिका समितिहरुमा प्राप्त पत्रहरुको फरक फरक सन्देश प्रवाह भएको र जिल्ला नेतृत्वमा फरक फरक बुझाई हुन निश्कर्ष बैठकले निकालेको छ ।

सो सन्र्दभमा परिपत्र पठाउँदा सबै दलहरुलाई सहज, सरल र एकरुपता हुने गरी एउटै परिपत्र गर्न केन्द्रिय गठबन्धन संयन्त्रलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले गठबन्धन दलको जिल्लाको अबस्थाको बारेमा आ–आफ्नो दलको केन्द्रीय समितिमा जानकारी गराउने निर्णय गरेको छ । साथै सोमवार दलहरुले आफ्नो संगठनिक अवस्था र गठबन्धनको बारेमा धारणा प्रस्तुत गरी समिक्षा गरेका थिए ।
गठबन्धन प्रभावकारी बनाउन आवश्यकता अनुसार बैठकलाई निरन्तरता दिँदै जाने निणर्य तेस्रो निर्णय गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं गठबन्धका संयोजक नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादव बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट सहभागी थिए । संयन्त्र सदस्य बाहेकपनि राजनीतिक दलका अन्य नेताहरुको उपस्थिती समेत रहेको थियो । बैठक नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्