
भीमसेन थापाका सबै वडामा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु
भीमसेन थापा गाउँपालिकामा व्यक्तिलगत घटना दर्ता सबै अनलाइनमार्पmत सुरु गरेको छ । आइतबार गाउँपालिका वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी प्रक्रिया सुरु गरेको हो ।
गाउँपालिकालाई प्रविधिमैत्री बनाउन अनलाइनमार्पmत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा शुभारम्भ गरिएको गाउँपालिकाकी सूचना तथा संचार प्रविधि अधिकृत सविना लामिछानेले बताइन् ।
आइतबारबाट पालिकाका सबै वडामा लागु हुने गरी कार्यक्रम सुरुवात गरिएको उनले बताइन् । अब पालिकाभित्रका व्यक्तिगत घटना र सामाजिक सुरक्षाका सबै अनलाइनमा दर्ता हुने उनको भनाइ छ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका कार्यहरु अनलाइनमा दर्ता गर्नाले तथ्यांक सुरक्षित हुने लामिछानेले बताइन् । विभिन्न घटनाहरु हेर्न सजिलो, छिटो हुने, फाइलहरु हराउने सम्भावना कम हुने, फाइल हराउने समस्याबाट मुक्त हुने उनले जानकारी दिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, उपप्रमुख विनु वाग्ले, वडा नम्बर पाँचका वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।




