| सोमवार, कार्तिक २३, २०८३

गोरखा र तनहुँका बिभिन्न पालिकामा कोभिड १९ प्रतिकार्य सामग्री सहयोग

गोरखा र तनहुँका विभिन्न स्थानीय तहमा कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटले विभिन्न क्षमता खोप भण्डारण सामाग्री प्रदान गरेको हो ।

कोभिड १९ प्रतिकार्य खोप अभियानमा अन्तर्गत पालिकाका स्वास्थ्य शाखाहरुको क्षमता विकासका गर्न कोभिड १९ खोप तथा अन्य खोप भण्डारणका लागि अत्यावश्यक आई.एल.आर. रेफ्रिजेरेटर, खोप ओसारपसारमा आवश्यक पर्ने भ्याक्सिन क्यारियर हस्तान्तरण गरिएको सहमतिका परियोजना संयोजक शिव सुवेदीले बताए ।

यस अन्तर्गत पालुङटार नगरपालिका स्वास्थ्य शाखालाई आई.एल.आर.रेफ्रिजरेटर र ४ थान भ्याक्सिन क्यारियर, गोरखा नगरपालिकालाई, २० थान भ्याक्सिन क्यारियर र ३५ थान हेल्थ सेफ्टी बक्स, सिरानचोक गाउँपालिकालाई १२ थान भ्यासिन क्यारियर र २५ थान हेल्थ सेफ्टी बक्स हस्तान्तरण गरिएएको उनले जानकारी दिए ।

शहिदलखन गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर, अजिरकोट गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर र ३० थान हेल्थ सेफ्टी बक्स गरी ९ लाख बराबरको कोभिड १९ प्रतिकार्य सामग्री प्रदान गरिएको सुवेदीले बताए ।

तनहुँमा आँबुखैरेनी गाउँपालिकालाई ८वटा भ्याक्सिन क्यारियर र हेल्थ सेफ् बक्स २५ थान, बन्दीपुर गाउँपालिकालाई आई.एल.आर. रेफ्रिजरेटर १ थान, भ्याक्सिन क्यारियर ६ थान, रिसिंग गाउँपालिकालाई २ थान भ्याक्सिन क्यारियर देवघाट गाउँपालिकालाई आई.एल.आर. रेफ्रिजरेटर १ थान, नवलपरासी जिल्लाका बुलिंगटार, बौदीकाली र सुस्ता गाउँपालिकामा भ्याक्सिन क्यारियर ८थान गरी २०लाख बराबरको कोभिड १९प्रतिकार्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य सामग्री सहयोग गरिएका ति पालिकाहरुमा स्वास्थ्यकर्मीहरुको क्षमता विकास र खोप अभियानलाई सहयोग पुग्ने गरी स्वास्थ्य चौकी प्रखुखलाई प्रशिक्षक प्रशिक्षण तालिम, महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता विकास तालिम, कोभिड १९ बाट अति प्रभावित परिवारका लागि मनोसामाजिक सहयोग, खोप लगाउन छुटेका जनसंख्यालाई खोज र खोप अभियानमा सहयोग, खोप शिवर लगायतका विभिन्न कार्यक्रम गरिदै आएको समेत उनले उनले बताए ।

गोरखा जिल्लामा गाउँपालिका तथा नगरपालिकाहरुले कोभिड १९ विरुद्ध सञ्चालन गरेको खोप प्रतिकार्य अभियान सफलतातर्फ अगाडि बढेको र यस अवधीमा १२ वर्षदेखी माथीको जनसंख्यालाई खोप लगाउने कार्य सबै पालिकाहरुमा करिब निष्कर्षमा पुग्न लागेको परियोजना संयोजक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्