| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको समृद्धिका लागि कृषि व्यवसायीकरणमा जोड दिएका छौ : कृषिमन्त्री बुढा

गण्डकी प्रदेशका भूमिव्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गोरखाको विकास र समृद्धिका लागि कृषि व्यवसायीकरणमा जोड दिदै आएको बताएका छन् । गोरखामा बुधबार पत्रकारहरुसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

चालुवर्ष प्रदेश मातहातमा रहेको कार्यालयबाट संचालनमा रहेको गतिविधि अनुगमन तथा निरिक्षणको क्रममा गोरखा आइपुगेको मन्त्रीले बुढाले प्रदेशलाई कृषिमा व्यवसायीकरण गर्न विभिन्न अनुदानका कार्यक्रमहरु संचालनमा ल्याएको बताए ।

उनकाअनुसार गोरखामा विभिन्न स्थानमा बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान रकम वितरण गर्ने, बाँझो जमिनमा चक्लाबन्दी गर्ने, खेती गर्नेहरुका लागि अनुदानको कार्यक्रम ल्याएको उनले बताए । प्रदेश हाल अण्डा, मासु र दुधमा करिब आत्मनिर्भर हुने अवस्थामा पुगेको पनि उनले बताए ।

अव विदेशी आयातलाई कम गर्दै स्वदेशी उत्पादनमा जोड दिने बेला आएको उनको भनाइ छ । हाल प्रदेशले उत्पादनमा आधारित बस्तुहरुको प्रवद्र्धनमा बढी जोड दिएर बजेट विनियोजन गर्दै आएको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र गोरखाद्वारा संचालित विभिन्न अनुदानका कार्यक्रमहरुको अनुमगन तथा निरीक्षण गर्न उनी गोरखा आएका हुन् ।

प्रदेश माताहतमा रहेका ती कार्यालयबाट सञ्चालन हुने सेवा, प्रवाह, कार्यालयको कामप्रति आफु सन्तुष्ट रहेको उनले बताए । गोरखामा कृषि व्यवसायलाई थप प्रभावकारी रुपमा अघि बढाउन आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सधै लागिपर्ने समेत उनले बताए । अहिले हरेक कार्यालयमा कर्मचारी संख्या अपुग रहेको बताउदै अव छिट्टै सबै कार्यालयमा कर्मचारी परिपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्