| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय निर्वाचनमा गोरखामा दुई हजार कर्मचारी खटिँदै

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गोरखामा दुई हजार भन्दाबढि कर्मचारी खटिने भएका छन् । निर्वाचन कार्यालयकाअनुसार तीनसय ११ मतदान केन्द्र रहेको यहाँ हरेक केन्द्रमा ६ जना कर्मचारी खटिनेछन् ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिनेसहित दुई हजार भन्दाबढि कर्मचारी रहनेछन् । यी बाहेक सुरक्षाकर्मी पनि हुनेछन् ।

निजामति कर्मचारी, शिक्षक, स्थानीय तहका कर्मचारी, अस्थायी कर्मचारी, शिक्षक र करारका क्रमश प्राथमिकतामा पर्नेछन् । गोरखामा दुई सय १५ मतदान स्थल र तीन सय ११ केन्द्र रहने निर्वाचन कार्यालयका प्रमुख टेबहादुर कोइरालाले बताए ।

स्थानीय निर्वाचन आउन करिब डेढ महिना बाँकी छ तर जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अझै सुरु गरेको छैन । निर्वाचन आयोगले जिल्ला÷जिल्लामा मतदाता शिक्षा कार्यक्रम नपठाउँदा संचालन गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले बताए ।

‘अहिले हामी मतदाता नामावली बिवरण हेर्ने, चुनावमा खटिने कर्मचारीको बिवरण संकलनको काम गरिरहेका छौँ’ प्रमुख कोईरालाले भने ।

प्रतिक्रिया दिनुहोस्