| मङ्लबार, कार्तिक २४, २०८३

दरौँदी लिफ्टिङ खानेपानी गोरखा बजारको घरघरमा

लामो प्रतीक्षापछि दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको पानी गोरखा बजारको घरघरमा पुगेको छ । गोरखा सदरमुकाममा खानेपानी आपूर्तिको प्रमुख आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजना लामो समयको पखाइपछि घरघरमा पु¥याइएको हो ।

सदरमुकामको खानेपानी समस्या न्यूनिकरण गर्ने उद्देश्यले ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको खानेपानी आयोजना सम्पन्न भएसँगै उपभोक्ता समितिमार्पmत घरघरमा खानेपानी वितरण गरिएको हो । २०७८ फागुन २८ गते आयोजना सम्पन्न गरी खानेपानी वितरण कार्य सुरु गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका प्रमुख शेखरचन्द्र केसीले बताए ।

दरौदी लिफ्टिङ खानेपानी आयोजना २०७४ बाट निर्माण सुरु भएको थियो । तीन वर्षमा सम्पन्न हुने ठेकेदार कम्पनी रमण एण्ड जेभी कम्पनीसँग सम्झौता भएता पनि विविध कारणले खानेपानी निर्माण कार्यमा ढिलाई भएको थियो ।

दरौंदी नदीको जरेबरबाट तानिएको पानी लिफ्टिङ प्रविधिमार्फत उपल्लोकोटको मुख्य ट्याङ्कीमा पु¥याएकोे छ । त्यहाँबाट स्थानीयस्तरका खानेपानी आयोजनाको वितरण लाइनमार्फत घरघरमा पु¥याइएको उनले बताए । सो आयोजना अन्तर्गत २५ भन्दा बढी ट्याङकी निर्माण भएका छन् । उक्त ट्याङकीहरु २५ देखि छसय घनमिटर क्षमताका छन् । सबैभन्दा ठूलो ६ सय घनमिटर क्षमताको ट्याङकी गोरखा नगरपालिका(३ घलाङमा निर्माण भएको उनले बताए ।

‘त्यहाँ पानी प्रशोधन केन्द्रसहितको ट्याङ्की बनाएका हौ, ठाउँठाउँमा ट्याङकी बनाएर पाँच ठाउँमा मोटर राखेर पानी लिफ्ट गर्छाै’, उनले भने । जरेबरस्थित दरौदी नदीबाट पानी लिफ्ट गरिने उनले जानकारी दिए । आयोजना निर्माण भएपछि दैनिक ३० लाख लिटर पानी आपूर्ती हुनेछ । गोरखा नगरपालिकाको वडा नम्वर ३ देखि ९ सम्मका स्थानीयहरु आयोजनाबाट लाभान्वित हुनेछन् ।
योसँगै पहिलो फेजको काम सकिएको र उपभोक्ता समितिको वैठकबाट उद्घाटनका गर्ने क्रममा रहेको पनि उनले जानकारी दिए । पहिलो चरणको काम सकिएसँगै दोस्रो चरणको काम सुरु गरिने उनले बताए ।

दोस्रो फेजका लागि वितरण प्रणाली भनेर सर्वेक्षण कार्य सम्पन्न भइसकेको र फाइनल रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । दोस्रो फेजमा गोरखा नगरपालिकाको घलाङ, चिसापानी, फिनाम लगायका क्षेत्रमा स्थानीयहरु उक्त खानेपानी उपभोग गर्न पाउनेछन् ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष बन्द्री मास्केले आइतबारदेखि गोरखा सदरमुकामको घरघरमा पानी वितरण सुरु भएको बताए ।

उनले भने, ‘पानी आउन थालेको एकदुई दिन टयांकी र पाईपमा भएका नदेखिएका फोहोरहरु आउन सक्ने भएकाले पानी उमालेर वा फिल्टर गरी प्रयोग गर्न सबै उपभोक्ताहरुलाई अनुरोध गर्न चाहन्छु ।’ भर्खर पानी आउन सुरु भएको टयांकीमा रहेको फोहोर मैला आउन सक्ने भएकाले पानी प्रशोधन गरेर मात्र प्रयोग गर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्