
गोरखाको कूल मतदाता संख्या दुईलाख १८ हजार ५६३ कायम
गोरखाको कूल मतदाता संख्या दुईलाख १८ हजार ५६३ कायम भएको छ । निर्वाचन आयोगले आइतबार जिल्लाको ११ वटा पालिकाको मतदाताको अन्तिम नामावलीको सूची प्रकाशित गरेको हो ।
जसमा पुरुष मतदाताको संख्या एकलाख आठ हजार २६० रहेको छ भने पुरुष मतदाता संख्या एकलाख १० हजार ३०३ रहेको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशित गरी संशोधनका लागि हरेक पालिका र वडा कार्यालयहरुमा प्रकाशित गरेको थियो ।
काँटछाँट गरेर निर्वाचन आयोगले आइतबार कूल मतदाता संख्या प्रकाशित गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए ।





