
इजाजत लिएका हातहतियार चैत भित्र बुझाउन प्रशासनको निर्देशन
जिल्ला प्रशासन कर्यालय गोरखाले इजाजत सहित सर्वसाधारणले लिएका हतियार बुझाउन निर्देशन गरेको छ ।
शुक्रवार एक सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेको इजाजत प्राप्त हतियार बुझाउन निर्देशन गरिएको हो ।
हतियार लिएकाहरुले नजिकको प्रहरी इकाईमा बुझाउन सक्ने प्रशासकिय अधिकृत चुणानिधी तिवारीले बताए । उक्त हतियार निर्वाचनपछि पुन फिर्ता हुने प्रशासनले जनाएको छ ।
चुनावमा हतियारको दुरुपयोग नहोस् भन्ने उद्देश्यले प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन भनेको हो ।




