| मङ्लबार, कार्तिक २४, २०८३

प्रकाश न्यौपानेलाई सफाइ

जबर्जस्ती करणी उद्योगको आरोपमा गोरखा कारागारमा रहेका पालुङ्टार नगरपालिका ४ का प्रकाश न्यौपानेले सफाइ पाएका छन् । किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा दुईबर्षअघि पक्राउ परेका उनलाई जिल्ला अदालत गोरखाले तीनबर्ष छ महिनाको कैद सजायँ सुनाएको थियो

। तर उच्च अदालत पोखराको मंगलबारको फैसलाले न्यौपानेलाई निर्दोष सावित गर्दै सफाइ दिएको छ । सफाइ पाएसंगै उनी मंगलबारै रिहा भएका छन् ।
पक्राउ परेका बेला उनी अमरज्योति जनता मावि लुइँटेलका व्यवस्थापन समितिका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्