| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक वहुप्राविधिक शिक्षालय र छेकम्पारमा बिओपीका लागि जग्गा दिन सिफारिस

जिल्ला बिप्द ब्यवस्थापन समितिको बैठकले गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नाममा रहेको जग्गा बारपाक वहुप्राविधिक शिक्षालयलाई दिन सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला बिप्द ब्यवस्थाप समितिको बैठले शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओप) स्थापना गर्न २० रोपनी जग्गा दिन पनि सिफारिस गरेको हो ।

जिल्लाबाट भएको सिफारिसका आधारमा मन्त्रालयले मन्त्रिपरिषदको निणर्यपछि मात्रै ति संस्थाले प्रयोग गर्न पाउँछन् । बारपाक वहुप्राविधिक शिक्षालयलाई बिभिन्न १४ कित्ताको २५ रोपनी तीन आना तीन पैसा जग्गा दिन सिफिारिस गरिएको छ । जग्गा नहुँदा शिक्षालयले संरचना निर्माणको काम अघि नबढाएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए ।

शसस्त्र प्रहरी बलका लागि दिने जग्गा र वहुप्राविधिक शिक्षलयलका लागि दिने जग्गा माग गर्दै स्थानीय स्तरको बिपद् ब्यवस्थापन समिति, संम्बन्धित पालिकाको कार्यापालिले निर्णय गरेर पेश गरेका छन् ।

बैठकले गर्मियाम सुरु भएसँगै बढ्दो आगलागीका घटना न्यूनिकरण गर्न स्थानीय तह, डिभिजन बन कार्यालय, बिभिन्न सामुदायिक बनहरुलाई अनुरोध गर्ने निणर्य गरेको छ । सडक खानेपानी, पूर्वाधार, सिंचाई, विद्युत, टेलिकम जस्ता कार्यालयले सम्पन्न गर्नुपर्ने बिकास निमार्णको काम माथिल्लो निकायमा समन्वय गरी समयमै सक्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्