| मङ्लबार, कार्तिक २४, २०८३

शहीदलखनको बक्रेश्वरथान डाँडामा तीन तले भ्यूटावर

शहीदलखन गाउँपालिका वडा नम्बर १ र २ को संगमस्थल बक्रेश्वरथान डाँडामा तीनतले भ्यूटावर निर्माण भएको छ । उक्त भ्यूटावरको प्रदेश सांसद लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।


उक्त टावर करिब ४३ लाखमा निर्माण भएको समितिका सचिव दिनार श्रेष्ठले बताए । २०७७ जेठ १२ गतेबाट निर्माण सुरु भएको उक्त टावर अहिले निर्माण पूरा भएको हो । उक्त भ्यूटावरबाट मौसम सफा भएका बेला काठमाण्डौँको थानकोट, गोरखा बजार, आँबुखैरेनी, त्रिवेणी, कुरिनटार लगायत ठाउँको अवलोकन गर्न सकिन्छ ।


निर्माण समितिका अध्यक्ष कृष्णबहादुर थापा दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि लेखबहादुर थापा, विशेष अतिथि गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, नेपाली कांग्रेस प्रदेश क का सभापति खुनप्रसाद रेग्मी, माओवादी केन्द्रका शहिदलखन गाउँपालिका पार्टी सचिव कृष्णबाबु श्रेष्ठ, नेपाली कांग्रेसका शहीदलखन गाउँ पार्टी सचिव चेतबहादुर थापा, जनता समाजवादी पार्टी शहीदलखन इन्चार्ज दिनेश जोशी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्