| सोमवार, कार्तिक २३, २०८३

सगरमाथा आरोही इमानसिंह गुरुङको शालिक अनावरण

गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही स्वार्गीय इमान सिंह गुरुङको शालिक अनावरण गरिएको छ । धार्चे गाउँपालिकाको आयोजनामा आइतबार लाप्राकमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शालिकको अनावरण गरेका हुन् ।

सन २००५ अक्टोबर २० मा कङगारु हिमालमा हिम पहिरोका क्रममा गुरुङको मृत्यु भएको थियो । सो घटनामा सात जना फ्रान्सका नागरिक र ११ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त टोली गुरुङ मुख्य माउन्टेनियरिङ गाइडको भूमिकामा थिए । साथै गुरुङले आठ हजार मिटरका सगरमाथा, छोयु हिमाल, आम्दब्लाम हिमाल र हिमलुङ हिमाल आरोहण गरिसकेका थिए भने भने ६ हजार मिटर माथिका धेरै हिमाल आरोहण गरिसकेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिंह गुरुङको शालिक अनावरण गर्न पाउनु ऐतिहासिक दिन भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताए । ‘यो मेरोका लागि ऐतिहासिक दिन भएको छ किन भने हाम्रो गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोहण गर्ने स्वार्गीय इमानसिहं गुरुङजी यो शालिक अनावरण गर्ने र यो संग्रहालय उदघाटन गर्ने अवसर मिल्यो’ उनले भने, ‘इमानसिह गुरुङको निधन हाम्रो लागि अपुरणीय क्षति हो ।

आज उहाँकै प्रेरणाले यहाँ एकसय एक सगरमाथा लगायतको हिमालहरु आरोहण गर्नुभएको रहेछ । यो हाम्रो लागि एउटा सम्पति हो । त्यो सम्पति बचाउनक लागि प्रदेश सरकार जहिले पनि तदारुकताका साथ तयार रहन्छ किने भने हाम्रो विकासको आधार भनेको नै यहि हो ।’
यस्तै, धार्चे गाउँपालिकामा पर्यटकीय रुपमा अत्यन्तै सम्भावना रहेता पनि दुर्गम क्षेत्र भएकाले फाइदा लिन नसकेको बताउदै स्थानीयको समस्या समाधान गर्न र उनीहरु माग र आवश्यकता पूरा गर्न प्रदेश सरकार तयार रहेको समेत उनले बताए । यहाँको समस्या लिखित रुपमा प्रदेश सरकारलाई पेश गर्न समेत उनले अनुरोध गरेका थिए ।

‘यो धार्चे गाउँपालिका अन्तरगत रहेको ठाउँहरुलाई पनि हामी सम्भावना बोकेको ठाउँभित्र राखेको छौँ,’ उनले भने, ‘भोलि पूर्वाधारका रुपमा सडक कम्प्लिट हुनासाथ यहाँको मुहार नै फेरिने अवस्था छ, यो सडकलाई हामी कालोपत्रे गर्ने हो, साथसाथै लार्के भज्याङसम्म सडक पु¥याउन छ, अनि मात्रै यहाँको मुहार फेरिने छ ।’ कालोपत्रे सडक सन्जालले जोडिए स्थानीयको जनजीवनमा सकारात्मक परिवर्तन आउने उनको भनाइ छ ।

कार्यक्रममा लाप्राकको एकीकृत बस्तीको बारेमा सुनेको तर आज प्रत्यक्ष रुपमा देख्न पाएको बताउदै यहाँको विजुली र खानेपानी समस्या समाधान गर्न आफु तयार रहेको उनले बताए । जसरी भए पनि पानी ल्याउन पहल गर्नका साथै धार्चेमा रक क्लाइम्बिङ लगायतका पर्यटन पुर्वाधार निर्माण लागि आवश्यक माग पत्र ल्याउन आग्रह गर्दैै आगामी बजेटमा समावेश गर्नेै समेत उनले प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले पोखराको अन्तर्राष्ट्रिय संग्रहालयमा पनि गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिह गुरुङको तस्बिर र शालिक राखिनुपर्ने बताए ।

धार्चे गाउँपालिका पर्यटकीय स्थलको रुपमा विकास गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने मुख्यमन्त्री समक्ष अनुरोध गरेका थिए । स्वार्गीय इमानसिँह गुरुङको प्रेरणाबाट लाप्राकका धेरैजना हिमाल आरोहण पेशामा आवद्ध भएको नेपाल पर्वतारोहण संघको तुलसिँह गुरुङले बताए । सोही कार्यक्रमको अवसरमा धार्चेको पुननिर्माण अवस्था सम्बन्धी पुस्तक समेत विमोचन गरिएको थियो ।
मुख्यमन्त्री पोखरेलले धार्चेको पुनर्निर्माण नामक पुस्तक विमोचन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्