
गोरखामा म्यादी प्रहरीमा भर्ना हुनेको लर्को (फोटो फिचर)
जिल्ला प्रहरी कार्यालय गोरखामा म्यादी प्रहरीमा भर्ना हुनेहरुको लर्को लागेको छ ।
आजदेखि म्यादी भर्ना हुने चाहनेहरुका लागि आवेदन खुल्ला गरेसँगै गोरखा सदरमुकामको जिविस चोक देखि प्रहरी कार्यालय परिसर निकै भिडभाड छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले स्थानीय चुनाव लक्षित गरेर गोरखामा १८ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्दैछ ।
त्यसका लागि चैत ११ गते सम्म आवेदन फारम भर्ने म्याद रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

आईतवार पाँच सय जनाले आवेदन दिने अनुमान जिप्रकाले गरेको छ ।





