
लाप्राकमा खानेपानी र स्तरीय सडकका लागि पहल गर्छु : नेता नेपाल
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गुप्सीपाखाको एकीकृत बस्तीमा खानोपानी र सडक कालोपत्रे गर्न पहल गर्ने बताएकाछन् । धार्चे गाउँपालिका वडा नं ४ लाप्राक स्थित गुप्सीपाखामा भएको कार्यकता भेटघाट तथा एकीकृत बस्ती अवलोकनको क्रममा उनले सो कुरा बताएका हुन् ।
शुक्रवार बिहान बारपाक हुँदै लाप्राक पुगेका उनले अहिले खानेपानी मन्त्री कांग्रेसको भए पनि आफुहरु सरकारमा रहेकाले गुप्सीपाखामा खानेपानी ल्याउनका लागि पहल गर्ने बताए । ‘यहाँको समस्या खानेपानी रहेछ, म यहाँबाट गोरखा जादाँ जादै खानेपानी मन्त्री उमाकान्त चौधरी हुनुहुन्छ उहाँलाई भन्नेछु’ उनले भने । अन्यन्तै महत्वपुर्ण ठाउँ लाप्राकमा खानेपानीको निम्ति योजना सुरु गर्नका लागि रकम बिनियोजन गर्ने उनले बताए । त्यस्तै,नेता नेपालले लाप्राक सम्म पुग्ने सडकका लागि पनि पहल गर्ने बताए ।
यहाँको विकासका लागि बाटो सबै भन्दा ठूलो कुरा भएको बताउँदै उनले अहिले निर्माण काम भइरहेको र सडक कालोपत्रे गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए । लाप्राक ऐतिहासिक र रमणीय ठाउँ हुनुका साथै पर्यटकीय क्षेत्रका रुपमा संभावना बोकेको ठाउँ भएको बताउँदै भने ‘एकीकृत बस्तीलाई विकास गर्न, पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र स्थानीयहरुलाई उधमशीलताको विकास गर्नका लागि सक्दो सहयोग गर्नेर्छु ।’
एकीकृत बस्तीमा विजुलीको पनि आवश्यकता देखिएको बताउँदै छिटो विजुली जडानका लागि पहल गरिने उनको भनाई छ । एकिकृत बस्तीको समस्या समाधान गर्न स्थानीयहरु पनि दौडधुप गर्न र लागि पर्न अग्रह गरे । धेरै पटक फोटोमा मात्र देखिएको तर लाप्राक गाउँ समम आउन नपाएको बताउदै त्यो रहर शुक्रबार पुरा भएको समेत उनले बताए ।
कार्यक्रममा स्थानीय वृद्धिजीवी मारसिंह गुरुङले लाप्राक विकासका दृष्टिकोणले ओझेलमा परेको बताउँदै यहाँका समस्या प्रति सरकारले ध्यान जानुपर्ने बताए । ‘यहाँ आउने नयाँ मानिसहरुले यो घरमा किन नबसेको भनेर प्रश्न गर्छन् तर तर खानेपानी र विजुली नै नभएपछि कसरी बस्न आउछ, यहाँका बासीहरुको खानोपनी समस्याको समाधान लागि सम्बन्धित निकायमा पहल गरिदिनुपर्छ’ उलने भने ।
वडा अध्यक्ष राज गुरुङले समुद्र सतह देखि २७ सय मिटर उचाइमा रहेको लाप्राक भूकम्प पछि विस्तारै तग्रिन थालेको बताए । लाप्राक राजधानीबाट नजिक भएतापनि कच्ची सडकका कारण स्थानीयले धेरै समस्या भोग्नुपरेको अध्यक्ष गुरुङले पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल समक्ष दुखेसो गरे । ०७२ साल देखि नै लाप्राक सम्म सकड कालोपत्रे गर्ने कुरा चलेता पनि हाल सम्म कालोपत्रे नभएको बताउँदै उनले पहल गरिदिन अनुरोध गरे ।
नेकपा एस गोरखाका अध्यक्ष यादव बस्नेतले लाप्राकीको समस्या धेरै रहेको बताउँदै उक्त समस्या समाधान गर्नका लागि पूर्व प्रधानमन्त्री माधव नेपाल सहित आफुहरु लाप्राक आएको बताए । ‘लाप्राक जनताको समस्या धेरै छ, त्यहि समस्या मध्य केही समस्या समाधान गर्न, सम्बन्धित निकायमा पहल गर्न हामी यहाँ आएका हौँ’ उनले भने । लाप्राकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने समेत सक्दो पहल गर्ने उनले बताए ।
बारपाक हुँदै लाप्राक पुगेका नेकपा एसका अध्यक्ष नेपाललाई ठाउँठाउँमा स्थानीयले फुल मालाले स्वागत गरेका थिए । लाप्राकमा आयोजित कार्यक्रममा नेता नेपाल स्थानीय सँगै नाचेका पनि थिए । नेकपा एसका धार्चे संयोजक किरण गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।




