| सोमवार, कार्तिक २३, २०८३

मेयरका उमेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्षले ३ लाख ५० हजार खर्च गर्न पाउने

नगरपालिका भित्रका मेयर, उपमेयरका उमेदवारले स्थानीय तहको निर्वाचनमा चार लाख ५० हजार खर्च गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उमेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।


यस्तै नगरपालिकाका वडा अध्यक्षले दुई लाख र गाउँपालिकाका वडा अध्यक्षले एक लाख ५० हजार मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको हो ।


निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउँछन् । यस्तै उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउनेछन् ।


स्थानीय तहको चुनावका लागि आयोगले ६ हजार सात सय ४३ प्रकारका मतपत्रको नमुना तयार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले खर्चको सिमा तोकेपनि उमेदवारहरुले चुनावका बेला लाखौँ रुपैयाँ वडा स्तरमै खर्च गर्ने गरेको देखिन्छ । निर्वाचन आयोगको सिमा भन्दा धेरै खर्च गर्नेलाई कारवाही गर्न नसक्दा उमेदवार विच अस्वस्थ प्रतिषप्रर्धा बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्