
बूढीगण्डकी इकाई प्रमुखमा गोरखाका जगतकुमार श्रेष्ठ नियुक्त
सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको संयोजकमा ईन्जिनियर जगतकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
आइतबारको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको हो । उनलाई बढीमा २ वर्षका लागि नियुक्त गरिएको जनाइएको छ ।
श्रेष्ठ गोरखा भिमसेन थापा गाउँपालिका बगुवाका स्थायी बासिन्दा हुन् । उनी पुल्चोक इन्जिनियरिङ कलेजमा डिन समेत रहेका थिए । यस अघि कृष्णबहादुर कार्कीको धितोपत्र बोर्डमा सरुवा भएसँगै सिउरेनीटार स्थित इकाई संयोजक बिहिन थियो ।
संयोजक नहुँदा घरगोठ, बोटबिरुवाको मुआब्जा बितरणको काम अघि बढ्न सकेको थिएन ।
इकाई प्रमुखको रुपमा आएका श्रेष्ठलाई घरगोठ, बोटबिरुवाको मुआब्जा बितरणको चुनौती छ ।




