| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा १४३०७ जनाले बुस्टर डोज खोप लगाए

गोरखामा हाल सम्म १४ हजार तीन सय सात जनाले बुस्टर डोज खोप लगाएका छन् । कोभिसिल्ड सात हजार ३२, जोनसोन खोप पाँच सय ४० र भेरोसिल खोप छ हजार सात सय ३५ जनाले लगाएको स्वास्थ्य कार्यालयका राजिब देवकोटाले बताए ।


कोभिडसिल्डको पहिलो मात्रामा ५० हजार आठ सय ६९, दोस्रो मात्रा ४५ हजार आठ सय ७४ जनाले लगाएका छन् । यस्तै १८ हजार नौ सय २२ जनाले एउटा मात्रा लगाए हुने जोनसेन खोपको पुरा मात्रा लगाएका छन ।


भेरोसिल खोपको पहिलो मात्रा लगाउनेको संख्या हाल सम्म ९४ हजार ६ सय २९ रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ९० हजार सात सय नौ रहेको छ । त्यस्तै मोर्डना खोप पहिलो मात्रामा २५ हजार तीन सय ४४, दोस्रो मात्रामा २२ हजार सात सय ४५ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


१२ वर्ष देखि १७ वर्ष सम्मका लक्षित समूह २६ हजार छ सय ६१ जना रहेको मध्ये ९५.०६ प्रतिशतले पहिलो मात्रा र ८५.३१ प्रतिशत दोस्रो मात्रा खोप लगाएका छन् ।


त्यस्तै, १८ वर्ष माथि लक्षित समुहका एक लाख ५९ हजार दुई सय २३ जना रहेकामा १०३.२५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ९७.६६ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् । बुस्टर डोज लगाउने सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा छन् ।


स्वास्थ्य कार्यालयका अनुसार कोरोना बिरुद्धको पहिलो मात्रा लगाउने भन्दा दोस्रो मात्रा लगाउने केही कम छन् भने बुस्टर डोज खोप लगाउने अझै थोरै छन् । १८ वर्ष उमेर माथि र १२ देखि १७ वर्षमा पनि पहिलो भन्दा दोस्रो मात्रा लगाउने थोरै छन् ।

प्रतिक्रिया दिनुहोस्