| सोमवार, कार्तिक २३, २०८३

सानिमा बैंकको शाखा गोरखामा

सानिमा बैंकले गोरखा सदरमुकाममा पनि शाखा संचालनमा ल्याएको छ । बिहिवार एक कार्यक्रमका बिच बैंकका एम्बेस्डर बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको हुन् ।


‘हामीले बैंकको ९५ औँ शाखाको रुपमा गोरखामा सानिमाको शाखा बिस्तार गरेका छौँ’ बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले भने । गोरखाको शक्तिचोकमा बैंकले शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंक उद्घाटनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले देशको आर्थिक विकासका लागि बैंक तथा वितिय संस्थाहरुको विस्तार हुनुपर्ने बताए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मभूमिबाट नै राष्ट्रनिर्माण अभियानको सुरुवात भएको बताउँदै उनले भने ‘सानिमा बैङले पनि गोरखाबाट सेवा, सुविधा प्रभावकारीका बनाउदै शाखाहरु विस्तार गर्दै जानुपर्छ ।’


अर्का कलाकार हरिवंश आचार्यले गोरखा संभावना बोकेको ठाउँ भएकाले यहाँको कृषि, ब्यापार ब्यवशाय सँगै पर्यटनमा बैंकले राम्रो सँग सेवा दिने बताए । साथै उनले सानिमा बैंकको खराब कर्जा कम भएकाले बैंकलाई विश्वास गर्ने ठाउँ रहेको बताए । ‘गोरखामा बित्तिय संस्थालाई यहाँको विकास र पर्यटनसँग जोड्नुपर्छ’ उनले भने ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बित्तिय संस्था थपिँदा सेवा लिन सहज हुने बताउँदै भने ‘अझै पनि सबैको पहुँचमा बैंक पुगेको छैन, ब्यापारी ब्यवशायीका लागि मात्र नभएर केही नयाँ ब्यवशाय गर्न चाहनेकालागि पनि बैंकले प्रभावकारी सेवा दिन सक्नुपर्छ ।’ लगानीमैत्री बातावरण बनाउन तर्फ प्रेरित गर्न बैंकलाई उनले सुझाब दिए ।


उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बैंक तथा बित्तिय संस्थाले ब्यापार ब्यवशायमा सघाउन पु¥याउने भएकाले जति धेरै बैंकको शाखा बिस्तार भयो त्यती ब्यवशायीलाई फाईदा हुने बताए ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख संचालक अधिकृत पवन आचार्यले गोरखामा शाखा स्थापना भएसँगै ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।


गोरखामा स्थापना भएको सानिमा बैंक देशभरमा ९५ औँ शाखा र १२३ औँ कार्यालय भएको गोरखा शाखाका शाखा प्रवन्धक गणेश मल्लले बताए । ‘गोरखाको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पु¥यान गोरखामा शाखा कार्यालय स्थापना गरिएको हो’ उनले भने ‘हामी गोरखालीलाई ब्यवशायी रुपमा सफल बनाउने माध्याम बन्छौँ ।’

कार्यालयबाट कृषि कर्जा, विपन्न वर्ग कर्जा र महिला उद्यमी कर्जा सहज रुपमा उपलब्ध गराएको उनले जानकारी दिए । शैक्षिक क्षेत्र सुधारका लागि छात्रवृत्ती योजनाहरु पनि संचालनमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्