| मङ्लबार, कार्तिक २४, २०८३

राप्रपाको प्रचार बिभाग प्रमुखमा गोरखाका मोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्रचार बिभाग प्रमुखमा गोरखाका मोहन श्रेष्ठलाई चयन गरेका छन् । बिहिवारको बैठकले उनलाई प्रचार बिभाग प्रमुखमा चयन गरेको राप्रपाले जनाएको छ ।


महत्वपूर्ण विभागहरुको प्रमुख पदमा मनोनयन गर्ने क्रममा ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । महामन्त्री राजेन्द्र गुरुङले संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्य आनन्द अधिकारी प्रवास विभाग प्रमुख बनाइएका छन् ।


प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख, लक्ष्मी संग्रौला वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख, दमन बस्नेत खेलकुद विभाग प्रमुख चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्