| सोमवार, कार्तिक २३, २०८३

शहीदलखनमा जोशीको संयोजकत्वमा जसपाको निर्वाचन परिचालन समिति गठन

आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले शहीद लखन गाउँपालिकामा पालिका स्तरीय विभिन्न समिति गठन गरेको छ । बुधबार गाउँपालिकाको घैरुङमा पार्टीको पालिकास्तरीय प्रशिक्षण तथा वैठकले विभिन्न समिति गठन गरेको हो ।

आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै पार्टीले संगठन सुढृढीकरणका विभिन्न समिति गठन गरिएको पार्टीका जिल्ला सचिव विपिन्नचन्द्र ढकालले बताए । दिनेश जोशीको संयोजकत्वमा २११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । मनोज जोशीको संयोजकत्वमा ११ सदस्यीय प्रचारप्रसार समिति र राजेश आलेको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको जिल्ला सचिव ढकालले जानकारी दिए ।

त्यस्तै, अनिल आलेको नेतृत्वमा युवा परिचालन समिति, ठाकुर तिवारीको संयोकत्वमा ५ सदस्यीय निर्वाचन घोषणत्र तयारी समिति र गोपालबाबु श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय राजनीतिक परिचालन समिति गठन गरिएको उनले बताए । हाल सम्म भिमसेन, शहीद लखन, सिरानचोक र धार्चे गरी चार पालिकामा पार्टी विभिन्न समिति गठन गरिसकेको उनले बताए ।

अन्य पालिकामा पनि छिट्टै गठन गर्ने तयारीमा रहेको जसपाले जनाएको छ । निर्वाचन परिचलान समिति जिल्लाको ९४ वटामा गठन हुने पनि उनले जानकारी दिए ।
जसपा शहीद लखन गाउँपालिका अध्यक्ष राजेश आलेको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिनेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्