| सोमवार, कार्तिक २३, २०८३

पुलमा पप्पूको रबैया, जनतालाई सास्ती

पप्पु कन्टूक्शनले जिम्मा लिएको झण्डै आठ वर्ष सम्म त्रिशुली नदीमाथि मोटरेबल पुल बनेको छैन । २०७४ पुस २९ मा निर्माण सक्ने गरी ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना सँग सम्झौता भएको पुल अलपत्र छ ।

चाँडै पक्की पुल बन्ला र सहज रुपमा निर्माण सामग्री ढुवानी, खाद्यान्न ढुवानी, गाउँको उत्पादन सहजै बजार सम्म पु¥याउने आसमा रहेका सर्वसाधारणको मोटरेबल पुल नबनेपछि निराश छन् । पुल बनाउन पटक(पटक म्याद थप भयो, तर जिल्ला लिएको पप्पु कन्टूक्शनले पुल बनाउनमा चासो दिएन । पुल नबनाउने पप्पुलाई काम लगाउन नसकेको गोरखा स्थित ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक कार्यालयले कारबाही गर्न सकेको छैन । पप्पु कन्टूकशनले गोरखा र चितवन तर्फ पुलको पिल्लर मात्रै उठाएको छ ।

गोरखाको गण्डकी पालिकालाई पृथ्वीराजमार्गसँग सडक सञ्जालले जोडे स्थानीयलाई लाभ पुग्ने थियो । पुल नहुँदा गोरखातर्फका किसान आफ्ना कृषि उपज डोकामा बोकेर बिक्री गर्न पृथ्वीराजमार्गसम्म पुग्नुपर्छ । पप्पु कन्टूक्शनले पुल निर्माण समयमै पुरा गरेको भए ब्लु इनर्जी कम्पनीले निर्माण गर्न लागेको एक सय मेघावाटको सुपर त्रिसुलसी जलविद्यूत आयोजना निर्माण गर्न अहिले बेलिब्रिज आवश्यक पर्ने थिएन ।
पप्पुले पुल नबनाउँदा सर्वसाधारणलाई मात्र होईन गण्डकी गाउँपालिका क्षेत्रमा संचालन हुन लागेका नयाँ ब्यवशाय, उद्योग, उद्यमीमा पनि नकारात्मक प्रभाव परेको छ । ८ वर्ष सम्म पुल नबनाउनेलाई फेरी पर्खिँदै ठेक्का दिँदै गर्नुले आयोजना कार्यालय, सडक बिभाग, पुल महाशाखाको समेत मिलेमतो हुन सक्छ ।

निर्माणका काम अलपत्र पार्ने ठुला निर्माण कम्पनीलाई उच्च पदस्थको संरक्षण हुने हुँदा उनीहरु काम गर्नमा ध्यान दिँदैनन् । गोरखामा मात्र होईन, देशभर कयौँ आयोजनाहरु अलपत्र पार्ने पप्पुलाई काम लगाउन सक्नुपर्छ । नभए ठेक्का तोड्नुपर्छ । एउटा निर्माण कम्पनीको रबैयाले जनताले सास्ती पाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्