त्रिसुलीमाथि पुल बनाउने अन्तिम म्याद चैतमा सकिँदै
पप्पु कन्ट्रक्शनले जिम्मा लिएको साँढे सात वर्ष सम्म त्रिशुली नदीमाथि मोटरेबल पुल बनेन् । २०७४ पुस २९ मा निर्माण सक्ने गरी ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना सँग सम्झौता भएको थियो ।
‘कोरोनाको कारण थपिएको अन्तिम एक वर्षे म्याद चैत मसान्तमा सकिँदैछ’ सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले भने । यस अघि पनि पटक (पटक उक्त पुलको म्याद थप भएको थियो । सरकारले कोभिडका कारण प्रभावित योजनाहरुलाई म्याद थप गर्दा पुल नबनाउने पप्पु कन्टूक्सनलाई पनि चिठ्ठा परेको हो । ‘काम छिटो गर्न ताकेता गरिरहेका छौँ’ आयोजना प्रमुख ज्ञवालीले भने ‘पुलको गोरखा तर्फको भागमा इक्यूप्मेन्ट लैजान नसकेको भन्दै काम गरेका छैनन् ।’
पप्पु कन्टूकशनले गोरखा र चितवन तर्फ पुलको पिल्लर मात्रै उठाएको छ । अन्य काम रोकिएको ८ वर्ष सम्म पुग्न लाग्दा सडक आयोजना, बिभागले ठेक्का तोड्न सकेको छैन । उल्टै कार्यालयले पप्पुको माग अनुसार बेलिब्रिज निर्माण गरिदिने, निर्माण कम्पनीले काम नगर्न बनाएको बाहनालाई सहजिकरण गरिदिने गर्दै आएको छ । अहिले सम्म हर्जना लगाउने, जमानत जफत गर्ने गरिएको छैन । ‘अहिले कोभिडका कारण दिइएको म्याद बाँकी भएकाले हर्जना गरिएको छैन’ आयोजना प्रमुख ज्ञवालीले भने ।
चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी पक्की पुल निर्माण २०७१ असार २९ गतेबाट सुरु भएको थियो । पुलको सिलान्यास पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका थिए । निर्माण कम्पनीका संचालक ठुला ब्यवशायी भएकै कारण उनलाई काम नगर्दा पनि कारवाहीको दायरामा ल्याउन कार्यालयले सकेको छैन ।
गोरखाको गण्डकी पालिकालाई पृथ्वीराजमार्गसँग सडक सञ्जालले जोडे स्थानीयलाई लाभ पुग्ने थियो । पुल नहुँदा गोरखातर्फका किसान आफ्ना कृषि उपज डोकामा बोकेर बिक्री गर्न पृथ्वीराजमार्गसम्म पुग्नुपर्छ । पुल निर्माण सम्पन्न भए गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ र भुम्लीचोक साथै सहिद लखन गाउँपालिकाका बासिन्दा लाभान्वित हुने गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए ।
‘छिटो पुल बनाईदिन कयौँ पटक भन्यौँ तर ठेकेदारले काम नै गरेनन ।’ बेलिब्रिज भएपनि निर्माण भयो भने सर्वसाधारणलाई सहज हुने भन्दै गाउँपालिका अध्यक्ष रानाले छिटो पुल बनाउनुपर्नेमा जोड दिए । तत्कालका लागि बेलिब्रिज भएपनि पक्की पुल भने आवश्यक पर्ने उनले बताए । यस अघि बिभिन्न बाहनामा पुल निर्माण नगरेका निर्माण ब्यवशायीले बेलिब्रिज बनेपछि निर्माण गर्छु भनेर दिएको आश्वासन स्थानीयले भने विश्वास गरेका छैनन् ।
पप्पु कन्टूक्शनले पुल निर्माण समयमै पुरा गरेको भए ब्लु इनर्जी कम्पनीले निर्माण गर्न लागेको एक सय मेघावाटको सुपर त्रिसुलसी जलविद्यूत आयोजना निर्माण गर्न अहिले बेलिब्रिज आवश्यक पर्ने थिएन । पप्पुले पुल नबनाएपछि अन्तत सडक बिभाग र ब्लू इनर्जी कम्पनीले बेलिब्रिज निर्माण थालेका छन् । पुल तयार गर्न आयोजनालाई ११ करोड खर्च लाग्ने प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले बताए ।
‘बेलिब्रिज बनाएपछि पक्की पुलको काम सुरु गर्छु भनेका छन्’, ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयकाका प्रमुख पशुपति ज्ञवालीले भने । अहिले बेलिब्रिज राख्न हाईडूोले काम गरिरहेको छ । कन्ट्रक्शनले प्राविधिक कारण देखाएर काम नगर्ने बाहना बनाउँदै आएको छ ।