| सोमवार, कार्तिक २३, २०८३

गोरखाका एसपी शेखर खनालको सरुवा, केदार खनाल आउने

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा गरेको हो ।

नयाँ आउन लागेका केदार खनाल बाग्मती प्रदेश प्रहरी गण हेटौँडाबाट गोरखा आउन लागेका हुन् । उनी प्रहरी निरीक्षक हुँदा यस अघि पनि गोरखा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्