
कफी पारखीका लागि गोरखा बजारमा केक मिस्ट्री बेकरी क्याफे
यदि तपाईँ कफीको पारखी हुनुहुन्छ र गोरखा बजारमा धितमार्ने क्याफेको खोजीमा हुनुहुन्छ भने तपाईले चाहेअनुसाको कफी पिउने ठाउँ हालसालै सञ्चालनमा आएको छ ।
मनै हरर पार्ने कफी पिउन चाहनेलाई वैँकरोड बसपार्कमा केक मिस्टूी बेकरी क्याफे सञ्चालनमा आएको हो ।
कफीसँगै तपाईलाई आफ्नै उत्पादनको ताजा केक र पाउरोटी खान मन छ भने पनि त्यो सुविधा यहाँ उपलब्ध छ । सुगरको समस्या भएकाहरुले पनि खान मिल्ने खालको मल्टिग्रेन ब्रेड, ब्राउन ब्रेड पनि यहाँ उपलब्ध छ । स्वास्थ्यमा कुनै समस्य नभएकाहरुका लागि त झन् कयौँ थरीका ब्रेड यहाँ उत्पादन हुन्छ । थरीथरीका केक पनि छन् । बर्थ डे केकदेखि भेज, ननभेज, १५ भन्दाबढि प्रकारका अर्डर अनुसारका केकहरु यहाँ उत्पादन हुन्छन् ।

अन्यत्रबाट तयारी ब्रेड ल्याएर बेच्ने ठाउँ यो होईन । यहाँ पाईने सबै खाले केक, बे्रड यहाँ नै तयार गरिन्छ । ताईवान टेक्नोलोजीको मेसिनबाट तयार भएको ब्रेड यसअघि नारायणगढबाट गोरखा ल्याउनु पथ्र्यो । यहाँ नै उत्पादन हुने भएपछि उपभोक्तालाई पनि सजिलो भएको छ । अहिले कफीसपबाट मात्र होईन, ब्रेड अन्य ठूला होटलका लागि पनि सप्लाई गरिन्छ ।

गोरखामा भर्खरै संचालनमा आएको सुबिधा सम्पन्न होटल गोरखा गार्डेनदेखि अन्य साना होटल, रेष्टुरेन्टहरुले त्यहाँबाट उत्पादित ब्रेड पाहुनालाई ब्रेकफास्टको रुपमा खुवाउँछन् । यहाँ नै उत्पादन भएको ब्रेड ताजा हुने हुँदा स्वास्थ्यकालागि पनि फाईदाजनक छ । यो सबै चाँजोपाँजो मिलाएर गोरखामा स्तरीय कफी सप संचालन गर्ने ब्यक्ति अरु कोही नभएर स्थानीय सुरेश मास्के हुन् । ९ वर्ष युकेमा बिताएर त्यहीँको स्थायीबासीको प्रमाणपत्र पाएका उनीसँग सँधै युके बस्ने अबसर थियो ।

युके मात्र होइन, उनलाई अन्य धेरै देशमा बस्ने अवसर पनि थियो । अन्ततः उनलाई आफ्नो देशभन्दा प्यारो र रमाईलो अन्यत्र लागेन । २५ लाख लगानी गरेर उनले कफी सप र ब्रेड तयार गरिरहेका छन् ।
सफा कफिसप, आरामदायी कुर्सी, टेबल, गोरखा बजारको लागि नयाँ लुक्समा देखिन्छ । कफी पिउँदै इच्छा हुनेले बिभिन्न पुस्तकहरु पनि पढ्ने व्यवस्था पनि यहाँभित्र छ । हिउँदमा कफी र गर्मी याममा चिसो पेय पदार्थ वा इच्छाहुनेले कफी पिउन सक्ने गरी सेवा दिइने संचालक मास्के बताउँछन् । कफी सपमा बिभिन्न थरीका केक, ब्रेडबाहेक मनकामनामा उत्पादित अचारहरु पनि यहाँबाट विक्री हुन्छ । त्यहाँ उत्पादित ब्रेडहरु जिल्लाका अन्य ठाउँमा पनि बिक्रीका लागि पठाउने योजना रहेको संचालक मास्के बताउँछन् । क्याफेमा कफी मेकिङ तालिम पनि दिइन्छ । केही युवाहरु यहाँ तालिम लिन आइरहेको मास्केको भनाइ छ ।
पछिल्लो समय नेपाली बजारमा पनि कफी टूेण्डको रुपमा छ । युवा पुस्तामा झनै कफी पिउने पारखी बढ्दो छन् । पर्यटकहरुको रोजाईमा पनि कफी पिउने र केही समय आराम गर्ने, कफी पिउने समयलाई अध्ययनशिल बनाउने, पिउँदै पढ्दै गर्ने चलन पनि छ । कफी समयमा विचारप्रधान कुराकानी गर्ने परम्परा बस्दैछ ।

यो कफी सपका संचालनमा शुरेस मास्केका छोरा होटल म्यानेजमेन्टका विद्यार्थी हुन् । उनले कफी सपमा सघाउँछन् । छोरोको इच्छा र बाबुको रुचि मिलेपछि गोरखामा यो सप सुरु भएको हो । छोरा बुहारी, श्रमतीले पनि नेपालमै बसेर केही गर्ने सुरेशको योजनामा साथ दिन्छन् । उनका बाबु धिरजबहादुर मास्के गोरखाका पुराना र सफल होटल ब्यवशायी हुन् । सामाजिक क्षेत्रमा पनि धेरै योगदान गरेको आफ्ना बाबुको प्रेरणाले आफूलाई होटल, रेष्टुरेन्ट र पर्यटनको क्षेत्रमा लाग्न प्रेरित गरेको बताउँछन् ।





