एमसीसीको विरुद्धमा गोरखामा प्रदर्शन (फोटो फिचर)
एमसीसीको विरोधमा गोरखामा प्रदर्शन भएको छ ।
गोरखा सदरमुकामको हरमटारी चोकमा बुधबार साँझ नेकपा माओवादी केन्द्रका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन ।
विरोध स्वरुप उनीहरु राँको जुलुस निकालेका थिए ।
एमसीसी राष्ट्रघाती रहेकाले खारेजी गर्नुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।
एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ ।







