
गोरखामा बन्दकर्ताद्धारा जेब्रा क्रस निर्माण
बन्दकर्ताले गोरखामा बन्दको अवसरमा रचनात्मक काम गरेका छन् ।
बुधबार आयोजिता नेपाल बन्दको मौका छोपेर विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुई वटा चोकमा जेब्रा क्रस निर्माण गरेका हुन् ।
नेकपाका जिल्ला सेक्रेटरी कपिल भट्ट स्वयम खटिएर जिविस चोक र हरमटारी चोकमा जेब्रा क्रस निर्माण गरेका हुन् ।
आज गाडी नचल्ने दिन यात्रुलाई डिस्ट्रप नहुने मौका पारेर जेब्रा क्रस निर्माण गरेको भट्टले जानकारी दिए ।




