| सोमवार, कार्तिक २३, २०८३

आरुघाट र शहीदलखनमा हिउँदे सभा सम्पन्न

गोरखाको शहीदलखनमा दशांै गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पाँच वटा विधेयक पारित गर्दै हिउँदे सभा सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न गाउँसभामा छ वटा विधेयक पारित गरेको छ । सामाजिक समावेशिकरण नीति, कृषि तथा पशुपन्छी विधेयक, कर्मचारी सेवा व्यवस्थापन विधेयक, फोहोरमैला व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँपालिकाको भूमि विधेयक पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिए ।
त्यस्तै, शहीदलखन गाउँपालिकाले आफ्नै लोगो प्रचलनमा ल्याएको छ । गाउँसभाबाट पालिकाको आफ्नै सरकारी कामकाज सबै कार्यमा पालिकाको लोगो प्रयोग गर्ने निर्णय गरेको हो । उक्त लोगो शहीद लखन गाउँपालिका ७ काउले भंगारका राजकुमार आलेले डिजाइन गरेको थिए ।

लोगो डिजाइनर आलेलाई फागनु २ गते शहीद लखन स्मृति दिवसको अवसरमा रु नगद ५० हजारसहित सम्मान गर्ने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलले जानकारी दिए । लोगोमा नेपालका प्रथम शहीद लखन थापा, प्रसिद्ध ऐतिहासिक मन्दिर मनकामना मन्दिर, केवलकार, सँगै विभिन्न जातजातिको भेषभुषाहरु सागै शहीदलखन गाउँपालिकामा हुने धान, मकै, कोदो, सुन्तला, लालीगुराँस आदिलाई लोगोमा समेटिएको छ ।

त्यस्तै शुक्रबार आरुघाट गाउँपालिकाले पनि दशौँ हिउँदे सभा तथा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालको अध्यक्षतामा भएको वैठकले पाँचवटा विधेयक पारित गरेको छ । गाउँ सभाबाट सुशासन ऐन, कर तथा गैरकर उठाउने सम्बन्धी ऐन, फोहोर मैला व्यवस्थापन गर्नका लागि बनेको ऐन, जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धी ऐन लगायतका ऐन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्