| सोमवार, कार्तिक २३, २०८३

आजदेखि गोरखाका सबै शैक्षिक संस्था खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

आजदेखि गोरखाका सबै शैक्षिक संस्था खुल्नेको छ । कोभिड संक्रमण फैलने दर सामान्य अवस्था भएसँगै सबै पालिकाका विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका हुन् ।

यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकले पनि फागुन १ गतेबाट सबै शैक्षिक संस्था खुलाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन् ।

जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्दै पठनपाठन सुरु गर्ने वैठकले निर्णय केन्द्रले गरेको थियो । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै माघ चारगतेदेखि जिल्लाका सबै शैक्षिक संस्थाहरु बन्द भएका थिए । सो अवधिमा कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्