
सिरानचोक हर्मीमा स्वास्थ्यचौकी भबन शिलान्यास
गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा स्वास्थ्य चौकी भबन शिलान्यास भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले हर्मी स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।
कुल एक करोड ९० लाखमा पाँच शैयाको स्वास्थ्य चौकी भवन बन्न लागेको उनले बताए । भूकम्पपछि स्वास्थ्य चौकी भवन पुननिर्माण परियोजना अन्र्तगत भारत सरकारको अनुदान सहयोगमा भवन बन्न लागेको हो । एक वर्षमा काम सक्ने गरी रविना÷होम निर्माण जेभीले भवन निर्माणको जिम्मा लिएको छ ।
जस अनुसार २०७८ वैशाख १९ गते सम्झौता भएको र २०७८ मंसिर १ गतेबाट काम सुरु भएको सिरानचोक गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार २०७९ असोज २९ गते भवन निर्माण सक्नुपर्ने छ । यहाँ खोप्लाङ, दाउने, आँपपीपल, सिरानचोक वडा नम्बर ५ र २ लगायत ठाउँबाट स्थानीयहरु सेवा लिन आउने गरेका छन् ।
भूकम्पले क्षति पु¥याएसँगै अस्थायी टूस्टमा स्वास्थ्य चौकी संचालन हुदँै आएको थियो । नयाँ स्वास्थ्य चौकी बनेपछि उपचारमा धेरै सहज हुने अध्यक्ष गुरुङले बताए । ‘यस अघि पुरानो अस्थायी भबनमा संचालन हुँदै आएको थियो’ उलने भने, ‘अस्थायी र जीर्ण भएकाले पानी चुहिने समस्या थियो ।’ नयाँ स्वास्थ्य चौकी निर्माण सम्पन्न नहुँदा सम्म सामुदायिक भबनबाट सेवा दिईने स्वास्थ्य चौकीले जनाएको छ ।




