| सोमवार, कार्तिक २३, २०८३

विद्यालय खुले लगत्तै बालवालिकालाई खोप लगाऊ

कोरोनाबिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा खोप लगाएका छैनन् । गोरखाका सबै पालिकामा ११ देखि १७ वर्ष उमेरका ९० प्रतिशत बालवालिकाले मात्रै दोस्रो मात्रा मोर्डना खोप लगाएका छन् । बाँकी १३ प्रतिशत बालवालिका खोप लगाउनबाट छुटेका छन् ।

विशेषतः पहिलो मात्रा खोप लगाएर विद्यालय बन्द भएपछि विदा मनाउन गाउँ गएका बालबालिकाहरु दोस्रो मात्रा खोप लगाउन छुटेका हुन् । अब विद्यालय खुल्ने बित्तिकै उनीहरु विद्यालयमा फर्कनेछन् । उनीहरुलाई पहिलो मात्रा जस्तै गरी विद्यालयमा गएर दोस्रो मात्रा खोप लगाउने अभियान सञ्चालन गर्नुपर्छ ।

सदरमुकाममै रहेकाहरु पनि डरले वा हेलचेक्र्याइँ गरेर खोप नलगाएको देखिन्छ । विद्यालय खुल्दा शिक्षकको आग्रहमा सतप्रतिशतले खोप लगाएका थिए । विद्यालय बन्द हुँदा अभिभावकलाई अटेरी गरी खोप नलगाएको पनि पाइन्छ । विद्यालय खुलेपछि उनीहरुलाई पुन शिक्षकको आग्रहमा खोप लगाउनु पर्छ ।

खोप किन लगाउनुपर्छ भन्नेबारे अविभाबक नै सचेत नहुँदा बालवालिकालाई उनीहरुले खोप लगाउनमा प्रेरित गर्न सकेनन् ।
फागुन १ गतेबाट विद्यालय खुल्दैछ । विद्यालय खुले लगत्तै यस अघि छुटेका १३ प्रतिशत बालवालिका पहिचान गरेर स्थानीय तहहरुले धमाधम विद्यालयमै खोप लगाउने ब्यवस्था गर्नुपर्छ ।

११ वर्ष उमेर भन्दा कमका बालवालिकालाई भने जोखिम धेरै भएको छ । उनीहरु पनि फागुन १ गतेबाट विद्यालय जाँदैछन् । एउटै विद्यालयमा वा कतिपय एउटै कक्षामा पढ्ने १२ वर्ष माथिकाले कोभिडबाट बच्न खोप लगाएका छन् भने ११ वर्ष मुनिका बञ्चित छन् । यसले विद्यार्थीमा मानसिक असर पर्न सक्छ । त्यसैले ११ वर्ष मुनिकालाई पनि तत्काल खोपको ब्यवस्था सरकारले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्