| सोमवार, कार्तिक २३, २०८३

फागुन एक गतेबाट सोती माछाखोला सडकमा बस सेवा सुरु

गोरखाको सोतीदेखि माछाखोला सम्म फागनु १ गतेदेखि नियमित रुपमा बस सेवा संचालन हुने भएको छ । बुधबार धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र गोरखा दरौदी बस व्यवसायी कम्पनी सेवा प्रालिका अध्यक्ष नारायण खत्री बीच सोती(माछीखोला सडकमा बस सेवा संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

तत्कालका लागि दैनिक चारवटा बस सेवा सञ्चालन गर्ने बारे सहमति भएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । सम्झौताअनुसार सोती बजारदेखि माछीखोलासम्मको बसभाडा अर्को व्यवस्था नभए सम्मलाई प्रतियात्रु रु एक सय ५० रुपैयाँ कायम गरिएको छ । बस चल्ने रुट बिग्रिएमा सार्वजनिक बाटो मर्मत संभारको लागि गाउँपालिका र दरौँदी यातायात कम्पनी मिलेर मर्मत गर्ने सहमति पनि भएको छ ।

May be an image of text

सोती माछाखोला सडकमा पर्ने विभिन्न स्थानहरुमा आवश्यक टूाफिक संकेतहरुको व्यवस्था हुने भएको छ । बस सेवा संचालन भएसँगै सोती माछाखोला सडकको लागि रुट कायम गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यसअघि नेपाली सेनाको सडक निर्माण कार्यदलले सो सडकमा बस सेवा सञ्चालन गर्न अनुमति दिएको थिएन । अहिले सेनाले अनुमति दिइसकेको अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्