| मङ्लबार, कार्तिक २४, २०८३

राप्रपाका पूर्व अध्यक्ष कमल थापाद्वारा राप्रपा परित्याग


कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) छाडेका छन् ।

हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्र्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् । मंसिरको अन्तिम साता भएको पार्टी हाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए ।


पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।


पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

प्रतिक्रिया दिनुहोस्