
गोरखाका पाँच स्थानीय तहले अहिलेसम्म हिउँदे अधिवेशन गरेनन्
केशव गुरुङ
गोरखाका पाँच स्थानीय तहमा अभैm हिउँदे सभा हुन सकेको छैन । पुस मसान्तभित्र गरिसक्नु पर्ने हिउँदे अधिवेशन जिल्लाको आरुघाट, गण्डकी, चुमुनब्री, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकाले अभैm गर्न नसकेका हुन् ।
असारमा प्रथम अधिवेशन सम्पन्न भएको थियो । संवैधानिक व्यवस्थाअनुसार यसको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । तर हिउँदे सभाको समय गुजारेर जनप्रतिनिधिहरु आफैँले बनाएको कानुन कार्यान्वयनमा चुकेका छन् ।
अधिवेशनमा पालिकाहरूले आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।
गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले हिउँदे अधिवेशन गर्न ढिलो भएको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले तर्क गरे । पालिकाका कर्मचारीमा कोरोना पुष्टि भएको र विकास निर्माण कार्यहरुमा केही संशोधन गर्नुपर्ने, अधुरा योजनाहरुमा बजेट बाडफाँट गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन गर्न ढिलाई भएको उनले बताए । फागुनको अन्तिम साता हिउँदे अधिवेशन हुने दाहालले आश्वासन दिए ।
गण्डकी गाउँपालिकामा पनि पालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु विदामा बसेका कारण पालिकाको हिउँदे अधिवेशन संचालन गर्न ढिलाई भएको गाउँपालिका प्रमुख होम बहादुर रानाले बताए । फागुनको पहिले हप्तामा हिउँदे सभा सम्पन्न गर्ने लक्ष्यका साथ तयारी थालिएको उनले जानकारी दिए ।
यस्तै, चुमनुब्री गाउँपालिका पनि अभैm हिउँदे सभा हुन सकेको छैन । गाउँपालिका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार हिउँदे सभाको लागि तयारी भइरहेको बताए ।
शहिदलखन गाउँपालिकाले भने फागुन पहिलो हप्ताभित्र हिउँदे अधिवेशन गर्ने गरी तयारी भइरहेको बताइएको छ । गाउँपालिकाका नीतिगत निर्णयहरु गर्न र बेरुजु कम गर्न लागि परेकाले हिउँदे सभा संचालन गर्न ढिलाई भएको पालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । बारपाक सुलिकोटमा भने आज हिउँदे अधिवेशन हुदैछ ।
कुनकुन पालिका हिउँदे सभा भए ?
११ स्थानीय तह रहेको गोरखामा पाँचवटा बाहेक छवटा पालिकामा भने हिउँदे सभा सम्पन्न भइसकेको छ । धार्चे र भीमसेनथापा बाहेक अधिवेशन सम्पन्न गरिसकेका पालिकाहरुले पनि कानुनतः हुनुपर्ने समयसीमाभित्र सम्पन्न गर्न नसकेका हुन् ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, अजिरकोट, धार्चे, सिरानचोक गाउँपालिकाले हिउँदे अधिवेशन सम्पन्न गरिसकेको छन् ।
भीमसेन थापा गाउँपालिकाले पुस २६ गते हिउँदे सभा सम्पन्न गरेको थियो । गाउँपालिका स्थानीय जनताको माग र आवश्यकता अनुसार किरियापुत्री ट्रस्ट निर्माणका लागि भवन लगायत अधुरा योजनाहरुमा रकमान्तरण गरिएको पालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।
धार्चे गाउँपालिका पुस २८ गते हिउँदे अधिवेशन सम्पन्न गरेको थियो । गाउँपालिकाको हिउँदेसभाले सोतीदेखि माछाखोलासम्म बस सेवा संचालन गर्ने, बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना निर्माण गर्ने र पालिका भित्रका शाखा रोडहरुमा ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक साइनबोर्ड राख्ने लगायतका निर्णय गरेका थिए ।
सिरानचोक गाउँपालिकामा माघ ९ गते हिउँदेसभा सम्पन्न भएको पालिकाले जनाएको छ । पालिकाको नगरसभाले बाल सहजकर्ताको तलब बढाएर १५ हजार पु¥याएको र बजेट सशोधन गरि अधुरा योजनाहरुमा बाडफाट गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
त्यस्तै, अजिरकोट गाउँपालिकाले माघ १० गते हिउँदे अधिवेशन सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । माघ १९ गते पालुङटार नगरपालिको हिउँदे सभा सम्पन्न गरेको थियो । नगरसभाले कोभिड १९ का कारण संचालन हुन नसक्ने योजनाहरुको रकमान्तर गरिएको बताइएको छ ।
गोरखा नगरपालिकामा पनि माघ २१ गते हिउदे सभा सम्पन्न भएको थियो । उक्त नगरसभाले विकास प्राधिकरण विधेयक र प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको थियो । लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तिब्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए । त्यस्तै, नगरपालिकाभित्र भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृति, ललितकला, नाट्यकला, संगीत कलाको संरक्षण र विकास गर्न गोरखा प्रज्ञा प्रतिष्ठान स्थापना गर्न गोरखा प्रज्ञा प्रतिष्ठान विधेयक २०७८ पारित गरिएको पन्तले जानकारी दिए ।
आगामि फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् ।




