| सोमवार, कार्तिक २३, २०८३

वडा र नगरस्तरीय योजनाको बजेट रकमान्तर, नयाँ योजनामा पाँच करोड १७ लाख

गोरखा नगरपालिकाले नवौँ नगरसभाबाट वडा र नगर स्तरीय केही योजनाको रकमान्तर गरेको छ । ‘कोभिडका कारण कार्यन्वयन गर्न नससकिएको र असार मसान्त सम्म कार्यन्वयन गर्न समस्या भएका योजनाको योजनान्तर गरिएको हो’, मेयर राजनराज पन्तले भने, ‘वडाबाटै काम गर्न नसक्ने र अर्को योजनामा बजेट बिनियोजन गर्न भनेपछि सोही अनुसार निर्णय भएको हो ।’

वडा नम्बर १ मा नगर र वडाको गरी छ वटा योजनालाई नौ वटामा रकमान्तर गरिएको छ । वडा नम्बर २ मा १० वटा योजनालाई १७ वटामा बिभाजन गरिएको प्रतिवेदन उपप्रमुख बिनाकुमारी श्रेष्ठले नगर सभामा प्रस्तुत गरिन् । यस्तै वडा नम्बर ३ मा छ वटा योजनालाई १२ वटामा, वडा नम्बर ४ मा ९ वाटा योजनालाई १२ वटामा, वडा नम्बर ६ मा ६ वटा योजनालाई सात वटामा, वडा नम्बर ८ मा १२ वटा योजनालाई १३ वटामा, वडा नम्बर ९ मा पाँच वटालाई सातवटा योजनामा योजना र रकमान्तर गरिएको छ ।

यस्तै वडा नम्बर ११ मा तीनवटा योजनाको चारवटामा, वडा नम्बर १२ को पाँचवटा योजनालाई नौ वटामा, वडा नम्बर १३ को एउटा योजनालाई तीनवटामा, १४ को वडा नम्बर ६ को पाँचवटामा रकमान्तर गरिएको छ । यस्तै वडा नम्बर ५, वडा नम्बर ७, वडा नम्बर १० मा भने योजना घटेका र रकम घटेका छैनन् ।

उपप्रमुख बिनाकुमारी श्रेष्ठले एक सय ८० योजनामा पाँच करोड १७ लाख बिनियोजन गरेको बताईन् । नगर सभामा उनले ३६ लाख देखि पाँच हजारसम्मको योजनामा बजेट बिनियोजन गरेको बताइन् । नगरसभा सदस्य शम्भु थापा र राधिका कट्टेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा छरपष्ट बजेट बिनियोजन भएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए ।

नगरप्रमुख राजनराज पन्तले पाँच वर्षको अवधीमा कतिपय ठाउँमा पुरा बजेट बिनियोजन गर्न नसक्दा स(साना काम बाँकी रहेकाले त्यसलाई पुरा गर्न धेरै ठाउँमा थोरै(थोरै बजेट बिनियोजन गरेको बताए । ‘जनताको आवश्यकता र समस्या धेरै छ, हामी धेरै ठाउँमा पुगेका छौँ’, उनले भने, ‘धेरै बजेट हामीसँग छैन, तत्काल समस्या समाधान गर्न पनि अहिले बिनियोजन गरेको बजेटबाट प्रभावकारी काम हुन्छ ।’

स्थानीय सरकारमा कोही पक्ष र कोही प्रतिपक्ष नभएको बताउँदै उनले जनताका लागि गरिने काम सबैले गरेको हुने भन्दै कुनै राजनीतिक दल र ब्यक्तिले गरेको नहुने भन्दै आशंका नगर्न र चुनाब केन्द्रीत रुपमा नलिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्