
गोरखाका छ पालिकालाई तीन करोड विद्युत रोयल्टी
गोरखाका छ पालिकाले विद्युत रोयल्टी बापत तीन करोड रुपैयाँ पाएका छन् ।
आर्थिक वर्ष ०७७÷०७८ मा विद्युत रोयल्टी बापत तीन करोड पाँच लाख ९५ हजार रोयल्टी पाएका हुन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्षमा सबैभन्दा धेरै विद्युत रोयल्टी गोरखा नगरपालिका एक करोड ४७ लाख ६६ हजार छ सय ७० रुपैया पाएको छ ।
पालुङटार नगरपालिका एक करोड आठ लाख २३ हजार तीन सय ३१ रुपैया पाएको महालेखा नियन्त्रक कार्यालय अन्तर सरकारी वित्त समन्वय शाखाका पुष्कर पौडेलले जानकारी दिए । उनका अनुसार अजिरकोट गाउँपालिका सात लाख तीन हजार तीन सय ५३ रुपैया, बारपाक सुकिलोट गाउँपालिकाले पाँच लाख आठ हजार ७ सय ८४ रुपैया पाएका छन ।
त्यस्तै, सिरानचोक गाउँपालिकाले ६७ हजार सात सय ८५ रुपैया र शहिद लखन गाउँपालिकाले ३७ लाख २५ हजार एक सय १० रुपैया रोयल्टी पाएको पौडेलले जानकारी दिए ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकममध्ये ५० प्रतिशत संघ तथा प्रदेश र स्थानीय तहलाई २५÷२५ प्रतिशत दिने व्यवस्था गरेको छरु।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार पाएको छ । देशभरका एक सय २० वटा पालिकाले विद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन ।




