| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा १८ जना कोरोना संक्रमित थपिए

गोरखामा बिहिवार १८ जना कोरोना संक्रमित थपिएका छन् । ५२ जनाको एन्टिजेन जाँच गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ३० जनाले कोरोना जितेका छन् ।


अहिले गोरखामा संक्रिय संक्रमितको संख्या एक सय २३ रहेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ३१ र गोरखा नगरपालिकामा २७ जना सक्रिय संक्रमित छन्, धार्चे गाउँपालिकामा सक्रिय संक्रमित छैनन भने अन्यमा २० भन्दा कम संक्रिमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्