
गोरखामा कोरोना संक्रमित संख्या घट्यो : बुधबार ३८ जना डिस्चार्ज, १० जना संक्रमित थपिए
गोरखामा केही दिन यता कोरोना संक्रमितको संख्या घट्न थालेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधबार जिल्लाभर १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
२० जनाको रिपोर्ट प्राप्तकोमा १० जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका फोकल पर्सन नारायणबाबु अर्यालले बताए । उनका अनुसार गोरखा अस्पतालमा एन्टिजेन परिक्षणको क्रममा तीन जना महिला र सात जना पुरुषमा कोरोना पोजेटिभ दिएको हो ।
योसँगै जिल्लामा हाल कोरोना संक्रिय संक्रमितको संख्या एक सय ३२ पुगेको कार्यालयले जनाएको छ । गोरखामा हाल कोरोना संक्रमणको दर ५० प्रतिशत रहेको छ ।
कुन पालिकामा कति छन कोरोना संक्रिय संक्रमित ?





