
गोरखामा सोमवार २७ संक्रमित थपिए, ६७ जना निको
गोरखामा सोमवार २७ जना संक्रमित थपिएका छन् ।
ऐन्टिजेन जाँच गर्दा आरुघाट गाउँपालिकामा १६ जना, गण्डकी गाउँपालिकामा चार जना, गोरखा अस्पतालमा चार जना, पालुङटार नगरपालिकामा दुई जना र गोरखा नगरपालिका क्षेत्रमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यस्तै सोमवार ६७ जनाले कोरोना जितेका छन् । यो सँगै गोरखामा संक्रिय संक्रमितको संख्या एक सय ७१ रहेको छ । सबैभन्दा धेरै संक्रिय संक्रमित गोरखा नगरपालिकामा ४८, आरुघाट गाउँपालिकामा ४१ जना छन् । पालुङटारमा २२ जना, अजिरकोटमा २१ जना छन् । धार्चे र चुमनुब्री गाउँपालिकामा संक्रिय संक्रमित छैनन् भने अन्यमा २० भन्दा कम छन् ।
कोरोनाको तेस्रो लहर सुरु भएपछि गोरखामा संक्रमण मुक्त हुनेको संख्या चार सय २२ पुगेका छ भने दुई जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।




