| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा सोमवार ७७ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । एक सय ३८ जनाको एन्टिजेन जाँच गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रिय संक्रमितको संख्या तीन सय ६८ पुगेको छ ।


गोरखा अस्पतालमा १७, सिरानचोक १२, अजिरकोटमा १२, आरुघाटमा ५, पालुङटारमा ३, धार्चेमा ६, भिमसेन थापामा ७, बारपाक सुलिकोटमा ८, चुमनुब्रीमा ५, शहीदलखनमा २ जना संक्रमित थपिएका हुन् ।


सबैभन्दा धेरै गोरखा नगरपालिका भित्र एक सय ६७ जना संक्रिय संक्रमित छन् भने अन्य पालिकामा संक्रिय संक्रमितको संख्या ५० भन्दा कम छ । सोमवार २१ जना संक्रमित निको भएका छन् ।


संक्रिय संक्रमित मध्ये कोभिड अस्पतालमा उपचाररत एक जना रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्