
‘गोठालालाई रेडियो’ सञ्चारमा जोड्ने प्रयास
पछिल्लो समयमा विश्वभर नयाँ सञ्चारका माध्यमहरुको प्रयोगकर्ताहरु बढिरहेका छन् । तापनि पत्रपत्रिका, रेडियो र टेलिभिजनको बिकल्प बन्न सकिरहेका छैनन् । सर्वसुलभ, कम खर्चिलो, जहाँ पनि बोकेर हिँड्न सकिने भएकाले अल्पविकसित मुलुकहरुका आमसञ्चार माध्यमहरुमध्य सबैभन्दा लोकप्रिय सूचनाको माध्यम ‘रेडियो’ हो ।
गोरखा जिल्लाकै कुरा गर्ने हो भने पनि दुईवटा नगरपालिका र नौ वटा गाउँपालिकाका अधिकांश ठाउँमा भौगोलिक बिकटताका कारण अझैसम्म पनि पत्रपत्रिका तथा टेलिभिजन अधिकांश ठाउँका बासिन्दाको पहुँचमा छैन । उनीहरुको सूचना, मनोरञ्जन, अनौपचारिक शिक्षा र प्रेरणा प्राप्तिको एक मात्र माध्यम रेडियो बनेको छ ।
नागरिकको सूचनाको यही तलतललाई मेटाउने प्रयास थालेको छ धार्चे गाउँ सरकारले ।
धार्चे गाउँपालिकाले गोठमा बस्ने स्थायी गोठालालाई समाचार सुन्नका लागि भन्दै रेडियो वितरण गर्ने नीति तथा कार्यक्रम कार्यपालिकाको बैठकले पास ग¥यो । सो कार्यक्रम अनुसार पालिकाले रेडियो उपलब्ध गराइदिन विभिन्न साझेदारी संघसँस्थाको खोजी ग¥यो ।
सो क्रममा हाम्रो सहारा फाउण्डेशन नेपालले रेडियो उपलब्ध गराउन साझेदारी ग¥यो । फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठ र पालिकाका अध्यक्ष सन्तोष गुरुङ स्वयं गोठमा पुगेर ५० जना गोठालालाई रेडियो हस्तान्तरण गरे । रेडियो प्राप्तिपछि गोठालाहरुले गाउँ सरकारले गरेका गतिविधिबारे जान्न पाउने भन्दै खुशी भए । ‘मौसम’ बारे जानकारी पाउने भन्दै उनले त्यो भन्दा धेरै खुशी व्यक्त गरे ।
त्यसैले हेर्दा सामान्य लागेपनि रेडियो वितरण अत्यन्त उदाहरणीय कार्य हो । सूचना सबैको अधिकार हो भन्ने सरकारले गोठालाहरुको सूचनाको अधिकारलाई पनि सुनिश्चित गराइदिनुपर्छ ।
धार्चेले गरेको यो कार्यलाई अन्य पालिकाले पनि अनुशरण गर्नु पनि आवश्यक छ । सामान्य लाग्ने तर अत्यन्त मर्मस्पर्शी कार्यक्रम प्रशंसनीय छ ।




