
आगामि तीन दिन अझै बदली, बर्षा र हिमपात
हाल देशमा विद्यमान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको छ । कहिँ हल्का बर्षा तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नं १ मा आँशिकदेखि सामान्य बदली रही ती प्रदेशका एक दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशमा आँशिक बदली रहेको छ भने राती देशभर आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ ।
सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।




