| सोमवार, कार्तिक २३, २०८३

शुक्रबार गोरखामा ३२ जना संक्रमित थपिए

गोरखामा शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १७ महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

एन्टिजेन परिक्षणको क्रममा गोरखा अस्पतालमा १० महिला र ६ पुरुषमा, गोरखा नगरपालिका एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । पालुङटार नगरपालिकाका एक महिला र तीन पुरुष, आरुघाटमा दुई महिला र धार्चेमा एक महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । शुक्रबार ७० जनाको रिपोर्ट प्राप्त भएकोमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्ला कुल संक्रमित सक्रमितको संख्या दुई सय ८४ पुगेको छ । जिल्लामा हाल सबै भन्दा धेरै संक्रमित संक्रमित गोरखा नगरपालिकामा रहेका छन् । नगरपालिका भित्र एक सय ५८ जना संक्रमित संक्रमित रहेका छन् ।

त्यस्तै, पालुटारनगरपालिकामा २२ जना, भीमसेन थापामा १४ जना, शहिदलखनमा १८ जना, अजिरकोटमा एक जना, गण्डकीमा तीन जना, बारपाक सुलिकोटमा एक जना, सिरानचोकमा २३ जना, आरुघाटमा ३७ जना, धार्चेमा पाँच जना र चुमनुब्रीमा २ जना संक्रिय संक्रमित रहेको अर्यालले जानकारी दिए । गोरखामा कोरोना पोजेटिभको दर ४५ प्रतिशतमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्